वनस्थलीमा नालामा मोटरसाइकल खस्दा चालक बेपत्ता


२०८१ असोज ११ शुक्रबार २३:११ बजे

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै नालामा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् । 

आज (शुक्रबार) साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–१५ वनस्थलीस्थित बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल नाालामा खसेर  बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

 

उनका अनुसार मोटरसाइकललाई खोलाबाट निकालिएको छ भने चालक अझै बेपत्ता छन् । चालकको खोजी कार्य भइरहेको उनले बताएका छन् । बुधबार रातिदेखि लगातार परेको वर्षाका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७