टिपरले ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु


२०८१ असोज ११ शुक्रबार २३:१० बजे

सर्लाही । सर्लाहीमा टिपरले ठक्कर दिँदा एक कांग्रेस नेताको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन– ११ मा शुक्रबार दिउँसो प्रदेश २–०३–००१ क ११३७ नम्बरको टिपरले ठक्कर दिँदा हरिवन नगरपालिका –७ घुर्कौली घरका ४५ वर्षीय दीपक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ । 

प्रदेश ०२–०३७ प ४४०१ मोटरसाइकललाई टिपरले ठक्कर दिँदा अधिकारीको मृत्यु भएको हो । अधिकारी नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई प्रहरीले तुरुन्तै नजिकैको नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि सर्लाहीकै बागमती नगरपालिका–४ घर भएका २९ चालक टेकबहादुर थिङलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७