आजदेखि काठमाडौंमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान


२०८१ असोज ११ शुक्रबार २१:१७ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौंमा आजदेखि चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान २०८१ सुरुआत गरिएको छ ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा आज उक्त अभियानको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले शुभारम्भ गरे । 

प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेर चाडपर्वलाई सुरक्षित बनाउन सकिनेमा जोड दिए । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दूरीका चालकलाई सम्मान कार्यक्रम र ‘नो भ्वाइलेसन, नो पेनाल्टी’ लेखिएका स्टिकर टासेर कार्यक्रम सुरु गरिएको हो । 

त्यसअवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममतापूर्वक कारबाही गरिने बताए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरिएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले सबै चालक एवं सडक प्रयोगकर्ताले सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह समेत गरे ।

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरै कुरामा सुधार आउने बताए । कार्यक्रमकै अवसरमा सात जना उत्कृष्ट चालक र दुई जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७