कुलेखानी ड्याम भरियो : तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


२०८१ असोज ११ शुक्रबार २१:१७ बजे

काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ ।

आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न अनुरोध गरको छ ।

मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको छ । त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीयलाई सुरक्षित स्थानमा बस्न र नदीको आसपास नजान आग्रह गरेको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७