नारायणगढ–मुग्लिन सडकमा आज राति गाडी चलाउन रोक

मुग्लिङ–काठमाडौं सडक खण्डमा एक दर्जन बढी स्थानमा पहिरो


२०८१ असोज ११ शुक्रबार १९:११ बजे

चितवन । नारायणगढ–मुग्लिन सडकमा आज (शुक्रबार) रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । हिजो (बिहीबार) रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम  बढी हुने भएकाले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समितिले पहिरोको आंकलन गरी सवारी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिएका छन् । ‘नारायणगढ मुग्लिन सडक खण्ड पहिरोको उच्च जोखिम क्षेत्र हो ।  गृह मन्त्रालयले समेत अवस्था हेरेर रातिमा सवारी आवागमन गर्न निर्देशन गरेको अवस्था छु, प्रहरी प्रमुख रिमालले भने, ‘जिल्ला सुरक्षा समितिले आज राति सवारी चलाउन निर्णय गरेको छ ।’ 

उनका अनुसार यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ ।  चितवन आसपासका जिल्लामा अत्याधिक वर्षा भएका कारण जरुरी काम बाहेक यात्रा गर्ने समेत उनले सुझाव दिएका छन् ।

मुग्लिङ–काठमाडौं सडक खण्डमा एक दर्जन बढी स्थानमा पहिरो
विहीबारदेखि परेको बर्षाका कारण मुग्लिङ–काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका लगायसका ठाउमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ । बर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७