पूर्व डीआइजी जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति


२०८१ असोज ११ शुक्रबार १९:०४ बजे

पोखरा । सहकारी वचत रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कास्कीका एसपी मोहन थापाले जानकारी दिएका छन् ।

आइतबार काठमाडौंबाट पक्राउ परेका पूर्व डीआइजी समेत रहेका जोशीलाई शुरूमा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । सो म्याद सकिएसँगै आज (शुक्रबार) उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले उनी विदेश भाग्न खोजेपछि पक्राउ गरेको जनाएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७