दशैं मनाउन भारतबाट घर फर्किदै गरेका युवक महाकालीमा खसेर बेपत्ता


२०८१ असोज ११ शुक्रबार १९:०९ बजे
फाइल फोटो

धनगढी । दशैं मनाउन भारतबाट घर फकिँदै गरेका बैतडीका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । महाकालीमा बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जनाएका छन् ।

सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको छ ।

झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जीप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको उनले जानकारी दिए । धामी खसेको ठाउँमा सडकमाथिबाट पहिरोसमेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ । भारतमा रोजगारी गर्दै आएका धामी दशैँ मनाउन घर फर्किदै थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७