नौबिसे–काठमाडौं सडक अवरुद्ध


२०८१ असोज ११ शुक्रबार १७:१० बजे

काठमाडौं । पहिरोका कारण नौविसे–काठमाडौं सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो । नौबिसेस्थित सुरुङमार्ग नजिक पहिरो गएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

मौसम विज्ञान विभागले आइतबारसम्म भारी वर्षा रहेको बताएपछि बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन रात्रिकालिन बस सञ्चालन नगर्न आग्रह गरेको छ । यस्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि भनेको छ । मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन भनिसकेको छ ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । हालसम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ । अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते दुई दिन हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन सरकारले अनुरोध गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७