विरोधकै बीच सर्वोच्चमा दुई न्यायाधीश सिफारिस


२०८१ असोज ११ शुक्रबार १७:०९ बजे

काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस गरेको छ । उच्च अदालतका दुई जना मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको न्यायपरिषद सचिवालय स्रोतले जानकारी दियो ।

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन्  । न्यायाधीश पाण्डे रमेश लेखकका नातेदार हुन् । नेपाल बार एशोसिएसनले शुक्रबार न्याय परिषद् सचिवालय अगाडि विरोध प्रदर्शन गरिरहँदा समेत सचिवालयले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्याय परिषद्को बैठक बिहान १० बजेदेखि बसेको थियो । परिषद्को सचिवालयमा बैठक बसिरहँदा बाहिर झरीकै बीच नेपाल बार एशोसिएसनले नियुक्ति नगर्न भन्दै धर्ना दिएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७