पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह


२०८१ असोज ११ शुक्रबार १७:०१ बजे

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताए । उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताए । 

उनले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताए । कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि कांग्रेस-एमालेको सरकार बनेको बताए । उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताए । देशमै बसेर समाज, देशलाई योगदान दिने वातावरण निर्माण गरिरहेको बताए । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७