काठमाडौंभित्र चाडपर्वमा ३,७६५ प्रहरी परिचालन गरिने, ड्रोनबाट पनि निगरानी


२०८१ असोज ११ शुक्रबार १७:१२ बजे

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै दशैं, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्व लक्षित सुरक्षाका क्षेत्रहरु पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताए ।

उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । हाम्रो लक्ष्यमा दशैं, तिहार र छठ पर्वमा शान्ती सुरक्षालाई सुदृढ तुल्याई काठमाडौं उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो ।’ 

उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । यसका लागि सुरक्षाका क्षेत्रहरु पहिचान गरेका छौं । त्यस्ता क्षेत्रहरुमा स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खाली रहेको घर, सरकारी कार्यालय, भिडभाड हुने बजारहरु रहेका छन् ।’

चाडवाडमा लुटपाट, चोरी डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृतिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आंकलन छ । यस्ता अपराधिक घटनाहरु न्युनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले जानकारी दिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना सार्वजनिक गरेको हो ।

यस्तै सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने भएको छ । साथै स्ट्रिकिङ ३ काठमाडौं उपत्यका भित्रिने नाकामा कुकुर सहितको चेकजाँच प्रत्इेक दिन गरिने छ । यस्तै कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोक सहित १२ वटा टिकट काउन्टरमा पनि प्रहरीको निगरानी टोली परिचालन गरिएको छ । यस्तै भिडभाड हुने स्थानमा प्रहरीले ड्रोनमार्फत पनि निगरानी गर्ने भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७