दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन


२०८१ असोज ११ शुक्रबार १७:०२ बजे

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

सडकको ट्र्याकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राससलाई जानकारी दिए । सडक पटक पटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरे पनि दुई महिनापछि सञ्चालनमा आएको उनले बताए । 

यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारीसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताए ।  

सडकको ट्रयाक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको उपप्रमुख शर्माले बताए । उनले वर्षा रोकिँना साथ बागलुङ बजारबाट जैमिनीसम्म ठूला बसले सेवा दिन थाल्ने जानकारी दिए । उक्त पहिरोका कारण बलेवा, कुश्मिसेरा र बरेङ सडक महिनौँदेखि बन्द छन् । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उल्लेख गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७