एनएमबि बैंकद्वारा ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’ घोषणा


२०८१ असोज ११ शुक्रबार १५:०९ बजे

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेक्स्टजेन बैंकिङ लिडर्स स्कलरसिप’ को घोषणा गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत सातै प्रदेशका १-१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरूमा अग्रीमरूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास एनएमबि बैंकको छ ।

यस छात्रवृत्तिको मूल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु रहेको छ । विद्यार्थीहरूलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने सीप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरू उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्‍याउने लक्ष्य एनएमबि बैंकले लिएको छ ।

दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७