पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने


२०८१ असोज ११ शुक्रबार १५:०९ बजे

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’ को अवधारणा कार्यान्वयन गरिने बताएका छन् । 

प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो । मुख्यमन्त्री आचार्यले ‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटनबाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने उल्लेख गरेका छन् । नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको सन्देशमा उनले उल्लेख गरेका छन् ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महत्वपूर्ण पर्यटकीयस्थलमा पुर्‍याउन लुम्बिनी पर्यटन परिपथ बनाउनेगरी सरकारले काम थालेको बताउँदै उनले सन्देशमा ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल, पहाड र समथर भूभाग अनि अन्नको भण्डार पनि यहीँ छ । ‘मिनी’ नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ । ‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायत क्षेत्र यहाँको पर्यटन प्रवर्द्धनका आधारस्तम्भ हुन्’, भनेका छन् । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७