कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो


२०८१ असोज १० बिहीबार ०८:०२ बजे
फाइल फोटो

मोरङ । कोशी ब्यारेजबाट आज (बिहीबार) साँझ एउटा बस सप्तकोशी नदीमा खसेको छ ।विराटनगरबाट गाईघाट जाँदै गरेको यात्रुवाहक बस  साँझ करिब ६ः०५ बजेतिर कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।

बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका छन् । बस खसेको प्रारम्भिक जानकारी आएको तर थप विवरण खुलिनसकेको बताउँदै उनले भने, ‘हामी घटनास्थलतर्फ जादैछौं ।’ 

सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० जनाको उद्धार भएको छ । बसमा कति यात्रु थिए भन्ने पुष्टि भएको छैन । बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७