थाई एयर एशियालाई भैरहवामा साताको चार उडान अनुमति


१२:५८ बजे

काठमाडौं । थाई एयर एशियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ । यो सहमतिसँगै अब थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले नेपालभित्र एक सातामा सात वटा उडान भर्ने भएको छ । जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाका लागि हुनेछन् ।

भैरहवा विमानस्थलमा जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भने हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड हुँदा वायुसेवा कम्पनीलाई प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता दिइरहेको बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७