प्रधानमन्त्रीले ओलीले गरे शहीद स्मारक पुगेर माल्यार्पण


२०८१ असार ३१ सोमबार २०:०७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शालिकमा माल्यार्पण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि ओलीले लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।

ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको भोलिपल्टै प्रधानमन्त्रीसहित २१ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथग्रहण पनि एकै पटक भएको छ । यसपछि उनी सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७