मध्यराति नै राष्ट्रपति कार्यालयमा प्रचण्ड सरकारलाई एमालेले दिएको समर्थन फिर्ताको पत्र


१८ असार २०८१, मंगलवार
shital niwash

काठमाडौं । नेकपा एमालेले मध्यरातमै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सत्ता सहयात्रा गर्ने सात बुँदे समझदारीमा हस्ताक्षर भए लगतै एमालेले राति नै राष्ट्रपति कार्यालय शितल निवासमा समर्थन फिर्ताको जनाउ दिएको हो । समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंखर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित नेताहरु शितल निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

पुस २१ गते दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग फेरि गठबन्धन गरेपछि एमालेले संसदमा प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेको थियो । दुई ठूला दलबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्वमा कांग्रेस सभापतिले गर्ने समझदारी भएको छ । जसमा एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

प्रतिनिधिसभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन् । नेताहरुले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग परामर्श पनि गरेका छन् । दाहाल नेतृत्वको सरकार विस्तापित भएपछि धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७