रोल्पा जीप दुर्घटना अपडेट : एकै गाउँका पाँचको मृत्यु, ६ जना गम्भीर घाइते


१७ असार २०८१, सोमबार
Rolpa Accident

रोल्पा । रोल्पाको तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब चार सय मिटर तल खसेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जीपमा ११ जना सवार थिए । दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो । जीपमा सवार एउटै गाउँ तालाबाङका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७