रोल्पामा जीप दुर्घटना, ११ जनाको गम्भीर अवस्थामा उद्धार


१७ असार २०८१, सोमबार
Rolpa Accident

रोल्पा । रोल्पामा सोमबार दिउँसो जीप दुर्घटना भएको छ । रोल्पाको घर्तीगाउँदेखि तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट ४ सय मिटरमुनि खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म ११ जनाको उद्धार गरेको जनाएको छ । माडी–२ को घर्तीगाउँदेखि माडी– ३ र ४ को तालाबाङ जाने क्रममा उक्त जीप दुर्घटनामा परेको हो । जीप दिउँसो ४ बजे घर्तीगाउँबाट हिंडेको थियो भने करिब एक घण्टापछि दुर्घटनामा परेको थियो ।

प्रहरीले जीपमा ११ देखि १४ जनासम्म सवार भएको बताएको छ । जीप दुर्घटनामा सबै यात्रु गम्भीर घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक भरत लामाले सबै घाइतेलाई घर्तीगाउस्थित स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको र मृत्यु भएकोहरुको घोषणा अस्पतालस्थित चिकित्सकले गर्ने बताएका छन् । जीपमा सवार एउटै गाउँ तालाबाङका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७