फुङ्लिङ नगरपालिकाका इन्जिनियरलाई एक लाख घुस लिंदालिंदै अख्तियारको फन्दामा


१७ असार २०८१, सोमबार
Akhtiyar

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

नगरपालिकामा अधिकृतस्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले उनलाई निन्त्रणमा लिइएको हो । उनलाई फुङलिङ नगरपालिका–४ न्युरोड ट्याक्सी स्ट्याण्ड नजिकबाट सोमबार नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७