सुदूरपश्चिम प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो दुई मन्त्री

संसदीय दलको नेतामा म नै छु : रञ्जिता श्रेष्ठ


१७ असार २०८१, सोमबार
naupa 2

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिए । उनले सोमबार पत्र काटेरै सरकारबाट फिर्ता हुन निर्देशन दिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरी छन् । यस्तै, कृषि तथा भूमि सुधार मन्त्री टीका थापा रहेकी छन् । उनीहरू संसदीय दलको निर्णयविरूद्ध सरकारमा गएकोले अहिले फिर्ता हुन पत्र काटेको चौधरीले जानकारी दिए । फिर्ता बोलाइएको विषयमा मन्त्री कैलाश चौधरीले पार्टीको आधिकारिक पत्र आफूकहाँ नआएको बताए ।

संसदीय दलको नेतामा म नै छु : रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा आफू नै रहेको प्रष्ट पारेकी छन् । उनले संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा कुनै पनि छलफल नभएको र संसद् सचिवालयमा पठाइएको पत्रमा झुट्टा विवरण राखिएको बताइन् ।

उनले भनिन्, ‘पार्टीमा माननीय ज्यूहरुले जुन हर्कत देखाउनु भयो, यो विषयमा सरसल्लाह नै नगरी, बैठक नबसी निर्णय दिनुभयो, यो आफैमा गलत हो । त्यो पत्र संसद् सचिवालयमा पठाइएको छ । सचिवालयमा विधान, कानुन होला । यसलाई अतिरञ्जित बनाउनुपर्ने कुनै कारण छैन । हरेक पार्टीमा अन्तरकलह, अन्तरद्वन्द्वको स्थिति हुन्छ । नयाँ विषयवस्तु होइन, सामान्य रूपमा लिएको छु ।’

उनले काठमाडौँ बाहिर कोठे बैठक बसेर पत्रमा चाहिँ संसदीय कार्यालयमा बसेको भन्ने ब्यहोरा उल्लेख गरिएको बताइन् । उनले भनिन्, ‘मन्त्री बन्ने भनेर जुन कुरा बाहिर आएको छ, उहाँहरूबीचमा यो नगर्नु भएको भए हुने थियो । पार्टी अध्यक्ष म नै छु र अहिलेसम्म संसद् सचिवालयमा म नै कायम छु । परिवर्तन भएको छैन । उहाँहरूले बुझाउनु भएको पत्रमा बिहान १० बजे संसदीय दलको कार्यालयमा बसिएको बैठक भन्नु भएको छ । त्यो बेला उहाँहरू काठमाडौँमा हुनुहुन्न ।’

उनले त्यो पत्रमा डिजिटल हस्ताक्षरको कुरा पनि बाहिर आइरहेको बताइन् । उनले भनिन्, ‘परिवर्तन नै गर्नु पर्ने भए पनि आन्तरिक सल्लाह लिएर जानुभएको भए वेटर हुने थियो । काठमाडौँ बाहिर टीकापुरमा कोठाभित्र गरिएको छलफललाई कार्यालयमा बसेको भनिएको छ । सचिवालयमा बुझाइएको पत्र कम्प्युटराइज्ड, डिजिटल हस्ताक्षर हो भन्ने कुरा आइराछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७