रामबहादुर बमजनलाई १० वर्ष कैद

पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला


१७ असार २०८१, सोमबार
Bomjan
फाइल फोटो

काठमाडौं । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले आज (सोमबार) सजाय निर्धारण गरेको हो ।

‘इजलासले १० वर्ष कैद सजाय तोकेको छ’, जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले भने । योसँगै बमजनले पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भएको छ । अदालतले बमजनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् । बमजनविरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क १) की छोरी वर्ष १८ की परिवर्तित (क) ले जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा २०७७ असार १८ गते बमजनविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोग लागेको थियो । मुद्दा दर्ता भएपछि बमजन फरार भएका थिए । उनी गत पुस २४ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले असार १० मा बमजनलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७