कांग्रेसले भन्यो–बिआरआई ऋणमा चाहिँदैन


१७ असार २०८१, सोमबार
Nepali congress
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चीनको बिआरआई परियोजना ऋणमा स्वीकार्य नहुने बताएको छ । सभापति शेरबहादुर देउवा निवासमा आज (सोमबार) को पदाधिकारी बैठकले बिआरआई ऋणमा लिन नसकिने निष्कर्ष निकालेको हो । बिआरआई पूर्ण अनुदानमा मात्रै स्वीकार गर्न सकिने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।

‘सरकारले बिआरआईका बारेमा केही गृहकार्य गरिरहेको थाहा पाएका छौं । यही बेला चीनका उपविदेशमन्त्री पनि नेपाल आउनु भएको थियो । कांग्रेसले बिआरआई अनुदानमा मात्रै स्वीकार गर्छ । नेपालमा ऋणको बोझ धेरै भइसक्यो । ऋणको आकारलाई अझै बढाएर लानु हुँदैन,’ महतले भने ।

उनले थप ऋण लिएर बिआरआई परियोजना अगाडि बढाउन नसकिने बताएका छन् । लामो समयका लागि लिएका ऋणहरू नै तिर्न नसकिरहेका बेला थप ऋण लिनु राम्रो नहुने उनले बताए । ‘अहिले ऋण लिएर जाने अवस्था छैन । विश्व बैंक र एडीबीबाट लिएको ऋण पनि उपयोग गर्न सकेका छैनौं । थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्न । अनुदान सहयोग लिएर मात्रै बिआरआई अगाडि बढाउनु पर्छ,’ उनले भने ।

कांग्रेसले पहिल्यैदेखि बिआरआई अनुदानमा मात्रै स्वीकार गर्ने बताउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादेर देउवाले चिनियाँ विदेशनमन्त्री वाङ यीसँग भेटमा पनि ऋणमा बिआरआई लिन नसकिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७