कांग्रेसका पूर्व सांसद जितेन्द्रनारायण देव एमालेमा प्रवेश


१७ असार २०८१, सोमबार
jitendra

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका निवर्तमान सदस्य जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । देवलाई आज (सोमबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यसँगै पर्यटनमन्त्री समेत बनेका थिए ।

एमाले विभाजनपछि एमालेपछि मालेमा लागेका देव मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्री समेत बनेका थिए । उनी संविधान सभाको दोस्रो कार्यकाल सकिएपछि कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा आएपछि उनी ६ वर्ष राष्ट्रिय सभा सदस्य भएका थिए । कांग्रेसबाट अब माथि लागिने नदेखेपछि देव पुनः एमालेमै फर्किएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७