म यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो त लाग्दैन खोइ : ओली


१७ असार २०८१, सोमबार
kp
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तत्काल प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएका छन् । आज (सोमबार) संसद भवन बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यो वर्ष त्यस्तो सम्भावना नरहेको बताएका हुन् ।

तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ, कहिले हो शपथ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन खोइ ! तपाईंलाई देश र जनताले प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका छन् नि ? भन्ने अर्को प्रश्नमा ओलीले थपे, ‘राम्रो कुरा हो ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीको पछिल्लो भेटघाटले राजनीतिक समीकरण फेरबदलको चर्चाले राजनीति तरङ्गित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७