नाउपा वहुमत सदस्यले संसदीय दलको नेताबाट रञ्जितालाई हटाए, गंगा चौधरी चयन


१७ असार २०८१, सोमबार
Ranjita Gangaram

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गंगा चौधरीलाई दलको नेता चयन गरेका छन् ।

नाउपाका चार सांसदमध्ये तीन जनाले चौधरीलाई संसदीय दलको नेतामा चयन गरेका हुन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी अध्यक्षमा चयन भएका हुन् । योसँगै पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ भने संसदीय दलको नेताबाट हटाइएकी छन् ।

यससँगै उनी संसदीय दलमा एक्लिएकी छन् । गंगा चौधरी यसअघि नाउपाको प्रमुख सचेतक थिए । उनी संसदीय दलको नेता भएसँगै लालवीर चौधरीले प्रमुख सचेतकको जिम्मेवारी पाउका छन् । लालवीर नाउपाका संरक्षक समेत रहेका रेशमलाल चौधरीका बाबु हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७