आउँदो बिहीबारसम्म देशभर ठूलो पानी पर्ने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी


१७ असार २०८१, सोमबार
raining

काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा लगातार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

map weather quCiJPhcMp

विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । यस्तै २६ जिल्लामा मध्यम जोखिमको सम्भावना रहेको भन्दै ‘यल्लो अलर्ट’ (पहेंलो) जारी गरेको छ । रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन् ।

विगत केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ । न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग÷सिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि महाशाखाले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो ।

2 F9NUDbu9lb

कस्तो रहला आजको मौसम ?

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७