बुमराह बने टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी


१६ असार २०८१, आईतवार
Jasprit Bumrah 2024 t20 world cup win

काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर शानदार प्रदर्शनका साथ १५ विकेट लिएका थिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए । अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अष्ट्रेलियासँग १ विकेट लिएका थिए ।

भारतले शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको थियो । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । अन्तिम ३० बलमा ३० रन चाहिँदाबाट हार्न पुगेको थियो । बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७