भारतलाई विश्वकप जिताएपछि रोहित र विराटले लिए ट्वान्टी–२० आइ क्रिकेटबाट सन्यास


१६ असार २०८१, आईतवार
rohit

काठमाडौं । भारतलाई १७ वर्षपछि विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । शनिबारको खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी–२० विश्वकपको फाइनल नै उनको टवान्टी–२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।

रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहित शर्माले टेष्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने छन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।

भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले सन्यासको घोषणा गरेका हुन् । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

कोहलीले भने, ‘यो मेरो आखिरी ट्वान्टी–२० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एक दिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नु हुन्छ तर यस्तै केही हुन्छ । भगवान महान छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम ट्वान्टी–२० खेल खेलेको हुँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७