युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा बनाउँदै


१६ असार २०८१, आईतवार
zele

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ तयार गरिरहेको बताएका छन् । जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना बनाइरहेको बताएको कतारी सञ्चारमाध्ययम अल जजिराले जनाएको छ ।

जेलेन्स्कीले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग पत्रकार सम्मेलन गरेका हुन् । उनले यो कूटनीतिक बाटो भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग अहिले कुनै वार्ता भने नभएको बताएका छन् । युक्रेनले शान्ति वार्ता शुरू हुनअघि क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने अडान लिएका कारण लामो समयदेखि दुई देशबीच वार्ता भएको छैन ।

पछिल्लो समय रुसी सेनाले युक्रेनमा आक्रमण बढाएका छन् । युक्रेनको झण्डै २५ प्रतिशत भाग रुसले पूर्ण रूपमा कब्जा गरिसकेको छ । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सैनिक र नागरिकको उच्च मृत्युदरलाई औंल्याउँदै युद्ध अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७