स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा, साविक विजेता इटाली अन्तिम १६ बाटै बाहिरियो


१६ असार २०८१, आईतवार

काठमाडौं । जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको अन्तिम १६ बाटै साविक विजेता इटाली बाहिरिएको छ । शनिवार राति बर्लिनमा भएको खेलमा स्विट्जरल्याण्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टर फाइनलबाटै बाहिरिएको हो ।

स्विट्जरल्याण्डले खेलको ३७ औं मिनेटमै गोलको खाता खोलेको थियो । रेमो फ्रेउलेरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । यस्तै दोस्रो हाफ शुरू हुने बित्तिकै खेलको ४६ औं मिनेटमा स्विट्जरल्याण्डले अग्रता दोब्बर बनायो । रुबेन भार्गासले गोल गरेका हुन् । यसपछि दुवै तर्फबाट थप गोल हुन नसकेपछि स्विट्जरल्याण्डले खेल २–० ले जितेको हो ।

यससँगै स्विट्जरल्यान्ड प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गत संस्करणको युरोकपमा स्विट्जरल्याण्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो । यो पटक पनि उसले यस्तै ‘सरप्राइज’ नतिजा दोहोर्‍याएर साविक विजेता इटालीलाई घर फर्काएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७