सत्र वर्षपछि भारतलाई टी–२० विश्वकपको उपाधि

‘अपराजित’ जितको कीर्तिमान


१६ असार २०८१, आईतवार
T20 World Cup

काठमाडौं : भारतीय क्रिकेट टोलीले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै भारतले सत्र बर्षपछि टी–२० विश्वकप उपाधि जितेको हो।

भारतले सन् २००७ पछि टी २० पटक विश्वकप उपाधि जितेको हो । उपाधिसँगै भारतले भने अपराजित रहेर विश्वकपको उपाधि जित्ने एक्लो टोली बन्दै कीर्तिमान बनाएको छ।

पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्याण्डले उचालेको छ। सन् २०१२ र २०१६ को उपाधि वेष्ट इण्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो।  

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाए । बलितर्फ भारतका हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुईदुई तथा र अक्षर पटेलले एकएक विकेट लिए ।

ICC T20 World Cup

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले ७६ रन जोडे । उनी ५९ बलको सामना गरेर २ छक्का र ६ चौका प्रहार गरेर आउट भएका थिए । अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का हानेर ४७ रन बनाए। शिवम् दुबेले १६ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७