गण्डकी सरकारमा फेरि मन्त्री बन्दै फणीन्द्र देवकोटा, भोलि शपथ


१५ असार २०८१, शनिबार
fadindra surendraraj

पोखरा । माओवादी केन्द्रको कारबाही सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संसदीय गतिविधिमा फर्किएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन् । देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा पुनः नियुक्त हुन लागेका छन् ।

उनलाई भोलि (आइतबार) बिहान १० बजे शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ । ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउने तयारी छ । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत २८ जेठमा विश्वासको मत दिएपछि उनले यसअघि २९ जेठमा सोही मन्त्रालयको जिम्मा पाएका थिए ।

माओवादी केन्द्रले सांसदबाट कारबाही गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैसँग राखेका थिए । देवकोटालाई गत बिहीबार नै शपथ गराउने तयारी थियो । त्यो दिन सभामुखले संसद प्रवेशमा रोक लगाएपछि उनको शपथ रोकिएको थियो । गण्डकीमा सात सदस्यीय मन्त्रिपरिषद् छ । १७ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदबाट पारित गर्ने तयारी छ । त्यसपछि राप्रपालाई पनि सरकारमा ल्याउने योजनामा मुख्यमन्त्री पाण्डे छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७