समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा : माधव नेपाल


१५ असार २०८१, शनिबार
Madhav Nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको दावी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विशेषताको समाजवादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको उल्लेख गरे । ‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनः गठन, विभाजन, फेरि पुनः एकता यही प्रक्रियामा अघि बढिरहेको छ । अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनु हुँदैन । तर गम्भीर हुनुपर्ने आवश्यकता छ । कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन ल्याएका छन् । तरङ्ग सिर्जना गरेका छन् । अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ । हामीले नेपाली विशेषताको समाजवादका कार्यक्रम ल्याउँदैछौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । अध्यक्ष नेपालले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको बताए । गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७