आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्तिले कम्युनिष्ट एकता हुँदैन : प्रचण्ड


१५ असार २०८१, शनिबार
prachanda comred

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिष्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए ।

‘विगतमा नेपाल दुई ठूला कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण ग¥यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।’

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको भन्दै प्रधानमन्त्री दाहालले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए । ‘दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माण लगायतका उपलब्धी प्राप्त गरेका छौँ ।’

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकांक्षा जगाइ दिएको परिस्थितिमा जनताको आकांक्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनु पर्ने जिम्मेवारी र चुनौती रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनआकांक्षा पूरा गर्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले पछिल्लो चोटी माओवादी आन्दोलनमा विभाजन भयो । किनकी सबैभन्दा बढी अगाडि बढेको आन्दोलन थियो । जसरी पुष्पलाल अगाडि बढेर पार्टी बनाउनु भयो, तर घेराबन्दी त्यही सुरु भयो । सबैभन्दा पहिला त्यस्तो हुनु स्वाभाविक हो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्र र जनताको पक्षमा राम्रो नियतका साथ समीक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिए । दोष जति सबै अर्काको थाप्लोमा हाल्दिने, तर आफू चाहिँ दूधले नुहाएको जस्तो प्रवृत्ति देखाउनाले कम्युनिष्टहरु एकताबद्ध हुन नसकेको उनको तर्क थियो । उनले कम्युनिष्टहरुको पक्षमा दुई तिहाइ जनमत बनाउन नेतृत्व गर्नेभित्रमा आफू रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७