मुलुक विदेशीहरुको चक्रव्युहमा फस्यो : सीपी मैनाली

‘तत्कालै फेरि एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ’


१५ असार २०८१, शनिबार
cp mainali

काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनालीले मुलुक विदेशीहरुको चक्रव्यूहमा फसेको बताएका छन् । दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीहरुले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीले जिकिर गरेका छन् ।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरुको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरुले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने उल्लेख गरे ।

उनले भने, ‘अब दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरु हाम्रोमा छन् । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन । तर अहिले तत्कालै एउटा फेरि एउटा राजनीतिक परिवर्तनको आवश्यकता देखिएको छ । त्यसका कार्यक्रमहरु, त्यसका लक्ष्यहरु, विधिहरु के हुन सक्लान ? अहिले मैले भन्न पाइन । अहिले मुलुक विदेशीहरुको चक्रव्यूहबाट मुक्त भएर स्वतन्त्र समाजको रुपमा अघि जानसक्छ । देशमा जनसत्ता आउन सक्ला र पूँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थिति सिर्जना हुनसक्ला ।’ महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिष्ट शक्तिहरुबीच एकता भइहाल्ने अवस्था नरहेको पनि जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७