कम्युनिष्टहरूबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम


१५ असार २०८१, शनिबार
bamdev
फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरूबीच पुनः एकता हुनपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए ।

उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए । उनले जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना गर्न नसकिने उल्लेख गरे । उनले कम्युनिष्टहरूको एकताका लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७