धेरै मिहिनेतपछि मल आउँदैछ, यो वर्ष अभाव हुँदैन : प्रधानमन्त्री


१५ असार २०८१, शनिबार
pm prachanda 1

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानलाई मलको अभाव हुन नदिने बताएका छन् । प्रधानमन्त्री दाहालले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर शनिवार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै उनले यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताए । उनले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भए जस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने बताए । प्रधानमन्त्री दाहालले खेती बालीका लागि आवश्यक बीउ विजनको व्यवस्था गर्न पनि सरकार लागि परेको जानकारी दिए ।

उनले चितवनको खेती बालीको लागि आवश्यक सिँचाइको व्यवस्था गर्न त्रिशूली नदीको पानी टनेल खनेर शक्ति खोर पुर्‍याउने विषयमा पनि सरकारले छलफल सुरु गरेको धारणा राखे । प्रधानमन्त्री दाहालले सरकारले खेतीवालीका लागि सिँचाईको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७