नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुन्छ : घनश्याम भुसाल


१५ असार २०८१, शनिबार
ghanashyam

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलनमा भुसालले आफूहरूले समस्या समाधान गर्नुपर्ने कुराहरूलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने दावी गरे । समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने उनको तर्क छ ।

‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो,’ उनले भने । विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत् जोड्ने गरी नेतृत्व चयन हुने भुसालको तर्क छ । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए ।

‘हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्न सक्ने गरी हाम्रो नेतृत्व एकताबद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ,’ उनले भने । महासचिव भुषालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौँसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७