हरेक उथलपुथलमा अरुलाई पछाडि दौडाउन सक्ने क्षमता हाम्रो पार्टीमा छ : माधव नेपाल

‘एकीकृत समाजवादी अरु जस्तो साधारण पार्टी होइन’


१५ असार २०८१, शनिबार
madhav 1

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनबाट नेतृत्व सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका छन् । महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस अगाडि पार्टीका चार वटै दस्तावेज सहमतिमै पास भएको बताए ।

उनले अहिलेको विशिष्ट अवस्थामा नेताहरु हातेमालो गर्दै मिलेर अगाडि बढ्न कार्यकर्ताबाट स्वरहरु बढिरहेको बताए । नेपालले अरु पार्टी जस्तो सामान्य पार्टी एकीकृत समाजवादी नभएको दाबी गरे । ‘नेपाली समाजमा ठूला–ठूला उथलपुथल भइरहेका छन् । प्रत्येक उथलपुथलमा हामीले अग्रगामी भूमिका खेलेका छौं । हामी सहभागी मात्र होइन, अगुवाई पनि गरिरहेका छौं ।’ उनले भने, ‘अरु पार्टी जस्तो साधारण पार्टी एकीकृत समाजवादी होइन । त्यतिकै घटनाक्रममा सहभागी हुने पार्टी होइन ।’

घटनाक्रमलाई सूत्रीय हस्तक्षेप गर्ने र अरुलाई पछाडि दौडाउन सक्ने क्षमता पार्टीसँग रहेको उनको भनाई छ । नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरे । नेपालले सानो पार्टी हुँदा थोरै पद र ठूलो पार्टी हुँदा धेरै पद आवश्यकता परेको बताएका छन् । एकीकृत समाजवादीले १९९ बाट बढाएर २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७