चितवनमा प्रधानमन्त्रीको रोपाईं, आफैले चलाए धान रोप्ने मेशिन (तस्वीरहरु)


१५ असार २०८१, शनिबार
prachanda ropai 6

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा मेशिनबाट धान रोपेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेशिनको प्रयोग गरी धान रोपेका हुन् ।

prachanda ropai 7
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर :प्रदीपराज वन्त /रासस

उनीसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा शनिबार यहाँ आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए।

prachanda ropai 8
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर :प्रदीपराज वन्त /रासस

‘जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ’, प्रधानमन्त्री दाहालले भने, ‘जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।’

prachanda ropai 5
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललगायत। तस्बिर : प्रदीपराज वन्त /रासस
prachanda ropai 4
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त /रासस
prachanda ropai 1
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार रत्ननगर–५ बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर : सनद अधिकारी /रासस
prachanda ropai 2
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शनिबार चितवनको रत्ननगर–५ बछौलीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै । तस्बिर : सनद अधिकारी /रासस
prachanda ropai 3
एकाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव– २०८१ का अवसरमा शनिबार रत्ननगर–५ बछौलीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल । तस्बिर : सनद अधिकारी /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७