मेस्सीले समूह चरणको अन्तिम खेल गुमाउने


१५ असार २०८१, शनिबार
messi

काठमाडौं । कोपा अमेरिका फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी नहुने भएका छन् । समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा अर्जेन्टिनाले पेरुसँग खेल्दै छ । लगातार दुई खेल खेलेर क्वार्टर फाइनल पुगिसकेको अर्जेन्टिनाका लागि दोस्रो खेलमा समस्यामा देखिएका मेस्सीले अन्तिम खेल गुमाउन लागेका हुन् ।

समूह चरणको दोस्रो खेलमा चिलीलाई १–० ले पराजित गर्दा उनीमाथि खराब ट्याकल हुँदा लामो समय मैदान बाहिर राखेर उपचार गरिएको थियो । त्यस दौरान उनी पुनः मैदान फर्किएर पुरै ९० मिनेट खेल्दै अन्तिम समयमा उनकै कर्नरमा अर्जेन्टिनाले गोल गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

तर उनी खराब ट्याकलका बाबजुद पुरा समय मैदानमा देखिएका थिए । असहज अवस्थाका बाबजुद खेलेका उनी अर्जेन्टिना क्वार्टर फाइनल पुगिसकेकाले पनि समूह चरणको अन्तिम खेलमा टिमले उनलाई आराम दिएको हो । पेरुसँगको खेलअघि अर्जेन्टिनका सहायक प्रशिक्षक वाल्टर स्यामुअलले मेस्सी समूह चरणको अन्तिम खेलमा अनुपस्थित रहने जानकारी दिए ।

उनले भने, ‘लियो चिलीसँगको खेलका दौरान समस्यामा परे । जसका कारण उनलाई पेरुविरुद्धको खेलमा खेलाइने छैन । अहिले आराम गरिरहेका छन् । दिनदिनै उनको इन्जुरीमा सुधार हुँदैछ ।’ समूह चरणको अन्तिम खेल पेरु र अर्जेन्टिना आइतबार बिहान ५ः४५ मा प्रतिस्पर्धा गर्दैछन् । अर्जेन्टिना समूह ‘ए’ बाट क्वार्टर फाइनल पुगिसक्दा अर्को टिमको तय आइतबार बिहानको खेलले गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७