रौतहटमा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, आठ जना घाइते


१५ असार २०८१, शनिबार
bus

रौतहट । रौतहटको गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नपाको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना भएको छ । ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जना युवतीको ज्यान गएको छ ।

बस दुर्घटनामा माधवनारायण नगरपालिका–३ भेल्हीकी १८ वर्षीया नेहाकुमारी गिरीको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौरबाट भैरहवातर्फ गइरहेको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका–१ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको जनाइएको छ ।

बस दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारको लागि पठाइएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन् । बस चालक फरार रहेको हुँदा खोजी भइरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी गिरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७