घनश्यामलाई सघाउने भन्ने कुरा बेकारका, मेरै नाममा सहमति हुन्छ : खनाल


१३ असार २०८१, बिहीबार
jhalanath 2

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले आफू अध्यक्षबाट ब्याक भएको भन्ने कुरा बेकारका रहेको बताए ।

घनश्याम भुसाललाई समर्थ गर्नु भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खनालले भने, ‘होइन, बेकारको कुरा गर्नु हुन्छ । हामी सब एकतावद्ध भएर सहमतिका साथ जाने हो ।’

तपाईंको नाममा सहमति हुन्छ ? भन्ने अर्को प्रश्नमा खनालले प्रतिप्रश्न गरे, ‘ किन नहुनु ? नहुनु पर्ने केही कारण छ ?’ एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौं महाधिवेशन आयोजना गर्दैछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसहित खनाल र महासचिव घनश्याम भुसाल प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७