एकीकृत समाजवादीमा २१ पदाधिकारी रहने, केन्द्रीय समिति २९९ सदस्यीय

सम्मानित नेताको पद कायमै राख्ने, वरिष्ठ उपाध्यक्ष पदको सिर्जना


१३ असार २०८१, बिहीबार
samajbadi 2

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । आज (बिहीबार) पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय गरेको हो । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको सम्मानित पद यथावत् राख्ने निर्णय भएको बताए । त्यस्तै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र केन्द्रीय उपाध्यक्षमा एक महिला सिट अनिवार्य गर्ने निर्णय भएको उनले बताए । त्यस्तै केन्द्रीय प्रतिनिधिबाट ५ प्रतिशत मनोनीत गर्ने प्रावधान हटाइएको प्रवक्ता खतिवडाको भनाइ छ । उनका अनुसार वरिष्ठ नेता आवश्यकता अनुसार राखिनेछ भने २१ जना पदाधिकारी समावेशिताका आधारमा चुनिनेछ ।

त्यस्तै नेकपा एसले महाधिवेशनबाट विशिष्ट कम्युनिष्ट नेताहरूलाई सम्मान गर्ने भएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । यस विषयमा शनिबार वृहत् पत्रकार सम्मेलन आयोजना गर्ने प्रवक्ता खतिवडाले बताए । उनले सहमतिकै आधारमा केन्द्रीय कमिटी चुन्ने प्रयास भइरहेको बताए । ‘सबै नेताहरूले सहमतिकै आधारमा जानुपर्छ भनिरहनु भएको छ । हाम्रो जोड पनि सहमतिमै छ । सहमति हुन सकेन भने निर्वाचनबाट भए पनि केन्द्रीय कमिटी चयन हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७