बिहेको बहानामा चीन लगेर बिक्री गर्ने महिला पक्राउ


१३ असार २०८१, बिहीबार
sundari

काठमाडौं । चिनियाँसँग विवाह गराई दिने बहानामा भिजिट भिसामा चीन पुर्‍याएर मानव बेचबिखन गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छन् ।

राईले जाहेरवालालाई चीनमा पुर्‍याएर एक लाख ५० हजारमा चिनियाँ नागरिकलाई बेचबिखन गरेपपछि नेपाल फर्किएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जानकारी दिएको छ । जाहेरवालालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिई पटक–पटक यौन शोषण गरेको खुल्न आएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिएका छन् ।

राईले सामाजिक सञ्चाल म्यासेन्जरमार्फत कुराकानी गरेर चिनियाँसँग विवाह गराई दिने भनेर काठमाडौंको ठमेलमा भेट्न बोलाएकी थिइन् । चिनियाँ केटासँग भेट गराएर गत फागुन १० गते भिजिट भिसामा चीनमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको सूचना अधिकारी गौतमले जनाए ।

पीडितलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा यही असार ९ गते उद्धार गरिएको थियो । पीडितको जाहेरी दरखास्तको आधारमा प्रतिवादी राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भई रहेको ब्युरोले जनाएको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७