सीपीसी अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसँग रिमाल नेतृत्वको टोलीको भेटवार्ता


१३ असार २०८१, बिहीबार
bishnu rimal china

सियाङ्गाआ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको नेतृत्वमा चीन भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सन ह्याइयानसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

चीनको हवेइ प्रान्तको नवनिर्मित स्मार्ट सिटी सियाङ्गाआ शहरमा भएको भेटघाटमा दुई कम्युनिष्ट पार्टी, दुवै देशका सरकार र जनस्तरमा आपसी सहयोग आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

सीपीसी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा १० दिने चीनको अध्ययन तथा अवलोकन भ्रमणका लागि मंगलबार राति काठमाडौंबाट गएको टोली आज सियाङ्गाआ पुगेको हो । भ्रमण टोलीमा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्यहरू विनोद श्रेष्ठ, सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षलगायत २९ जना सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७