असारे विकास अन्त्य होस् : सांसद पौडेल


१३ असार २०८१, बिहीबार
Debendra poudel

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताए ।

उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फस्र्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए ।

सांसद पौडेलले विपद् पूर्व तयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गर्दै राजनीतिक दलका कार्याकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए । उनले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए । उनले दूध र उखु किसानहरूको पैसा तत्काल भुक्तानी गर्न पनि उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७