बाढी पसेर बन्द विराटनगर विमानस्थल खुल्यो


१२ असार २०८१, बुधबार
biratnagar airport 1
फाइल फोटो

विराटनगर । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ । वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो । विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो । तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७